आज पनि सर्वोच्च परिसरमा वकिलहरूको धर्ना जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरू विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। सोही क्रममा कानुन व्यवसायीहरूले मङ्गलवार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्। आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरूले बताएका छन्।

सम्बन्धित सामग्री

तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी

रौतहट– नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन् । खातामा तलब नगएसम्म अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापक […]

बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ । सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो । पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला […]

आजपनि बारको धर्ना जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग […]

सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा

काठमाडौँ – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ । उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको […]

वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने मागसहित बारका कानुन व्यवसायीले आन्दोलन जारी राखेको हो। वकिलहरु आज बारबाट सर्वोच्च प्राँगण पस्न खोज्दा सदाझैं प्रहरीसँग धकेलाधकेल भएको थियो। सर्वोच्चमा अन्दोलन गर्दा बल प्रयोग नगर्न वकिलहरुले आग्रह गर्दै आएका…

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्। नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।

उच्च र जिल्ला अदालतहरुमा दोस्रो दिन पनि धर्ना जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत र जिल्ला अदालतहरुमा आज सोमबार पनि कानु्न व्यवसायीहरुले धर्ना दिएका छन्। प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने नेपाल बार एसोसिएसनको निर्णयमा समर्थन जनाउँदै...

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा आज बुधबार पनि धर्ना जारी छ ।