प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

१४ पुस, काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार …

सम्बन्धित सामग्री

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । वैशाख ६ गतेदेखि सार्वजनिक निष्कासन गरिएको सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (Citizens Super 30 Mutual Fund)को इकाई खरीद गर्ने आज अन्तिम दिन रहेको छ । सिटिजन्स म्युचुअल फण्ड (Citizens mutual fund) अन्तर्गत सञ्चालन हुने लागेको यस योजना सञ्चालनका लागि प्रति इकाई १० रूपैयाँ दरको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ ।  छिटो अवधि वैशाख १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि क्यापिटलले ढिलो अवधि वैशाख २० गतेसम्मको विक्री अवधि तय गरेको हो । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना बुझाउन आजसम्मको समय दिएको हो। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभ

दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम

काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ। मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दललाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात् मंसिर १६ सम्मको समयावधि दिएको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार शनिबार नेकपा (एमाले), […]

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन। समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ।  निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्। बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ।&nb

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन। समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ। निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले […]

समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदै छन् । आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन् । दलहरू बन्दसूचीका […]

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकर्तफका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । आज कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका दलहरूले बन्दसूची बुझाउने तयारी गरेका छन् । हिजो पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी […]

समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ । आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न दिएको समयअनुसार आइतबार अन्तिम दिन हो । समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन […]

प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

जेठ ९, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेक्लेक्ट फण्डको इकाइमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।   कम्पनीले जेठ ५ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको छ । यस फण्डले प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो ।  कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ ।  यो इकाई खरीदका आइतवार बैंकिङ समयसम्म न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । इकाइ खरीद गर्ने ढिलो अवधि जेठ १५ गतेसम्म रहेपनि माग गरेभन्दा बढी इकाइ खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै विक्री बन्द गरेको कम्पनीले जनकारी दिएको छ ।   इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।  प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट वैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ । योजना परिपक्व भए पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरुलाई समानुपातिक हिसाबमा प्रचलित कानून बमोजिम बाँडफाँट गरिनेछ ।