काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना बुझाउन आजसम्मको समय दिएको हो। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभ