काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने भएको छ ।
भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदाे पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो । झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दि...