१६ साउन, काठमाडौं । रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन केबलकार आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा आउने जानकारी दिए । कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब […]