संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष…