रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभाले केबलकारको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताए । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पु