नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका श्रेष्ठले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।दल र स्वतन्त्र गरी काठमाडौंको उपमेयरमा श्रेष्ठले २९ जनासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । यद्यपि उनको मुख्य प्रतिस्पर्धा भने एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगेलसँग हुने देखिएको छ । ०४६ सालबाट एमालेको राजनीतिमा जोडिएका श्रेष्ठ अहिले एमालेकै उम्मेदवारविरुद्ध चुनावी मैदानमा