बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, यस्ता छन् पहिलो दिनका निर्णयहरु

नवनियुक्त मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन्। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।