महानगरका मुख्य व्यापारिक केन्द्रका सडक दायाँ–बायाँ किनारामा फुटपाथ पसल राख्ने व्यवसायीको सङ्ख्या बढ्न थालेको छ । यो समस्या सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाभित्र देखिन्छ । केही वर्षअघि निकै राम्रो, सफासुुग्घर देखिएको काठमाडौँ महानगरपालिकामा अहिले फुटपाथमा पसल राख्ने र उनीहरूले गर्ने फोहोरका कारण समस्या बढ्न थालेको छ ।
नगरलाई व्यवस्थित राख्न काठमाडौँ महानगरले राखेका नगर प्रहरी फाट्टफुुट्ट देखिए पनि उनीहरूको सेवा अपेक्षित प्रभावकारी नदेखिएको गुनासो सर्वसाधारणको छ । २०५० सालमा काठमाडौँको असन, इन्द्रचोक, सुन्धारा, रत्नपार्कको भीडभाड र बजार व्यवस्थापनको खाका लिएर नगर प्रहरी खडा भएको थियो ।
महानगरका नगर प्रहरी बलका प्रमुख धनपति