पोखरा : महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो।सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ। तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गर्ने वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए।‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र