भारतको अलाहवादमा एघार पास गरेर नेपाल फर्किए उनी। वीरगंजको ठाकुरराम क्याम्पसमा आएस्सी। वीरगंजमा पढ्दापढ्दै उनको झुकाव राजनीतितिर बढ्यो। त्यो पनि वामपन्थी विचारधारातिर। उनका बुवालाई छोराको यो ताल पटक्कै मन पराएनन्। छोरो बिग्रिन्छ भन्ने लागेर होला उनलाई फेरि भारत नै पठाइयो। फेरि अलाहवाद पुगेका उनी इलेक्ट्रोनिक इन्जिनियरिङमा डिप्लोमा सकाएर नेपाल फर्के।…