योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ ।अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

सम्बन्धित सामग्री

बजेट कटौतीबारे एमाले र राप्रपाको विरोध

सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्। सोमबार प्रदेशसभा बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन्।...

बजेट कटौती भएको भन्दै प्रदेश सभामा एमाले र राप्रपाको विरोध

सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्।

नेताप्रधान बजेट र कमजोर पूर्वाधार

सरकार आफैंले राष्ट्रिय गौरवका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्ने र यसै असारमा शिलान्यास गर्ने भनेको छ । देश १६ औँ योजनाको परिकल्पनातिर अग्रसर भइसकेको छ । १५ औँ योजनाले कल्पना गरेका धेरै विषय अफै अधुरा छन् । सरकार भने पूर्वाधारमा लगानी र बजेट वृद्धि गर्नुपर्नेमा उल्टो बजेट कटौती गर्दै आफ्नो जिल्ला वा चुनाव […]

ठेक्का तयारीमा रहेका योजना अलपत्र

२०७७ चैत १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकैपटक ८६ वटा योजनाको शिलान्यास गरे । भर्चुअल माध्यमबाट शिलान्यास गरिएका योजनामध्ये गण्डकीमा १६ वटा थिए । अहिले भने ती आयोजना अलपत्र छन् । सरकार परिवर्तनसँगै संघीयताको मर्मविपरीत ओली सरकारले योजना कार्यान्वयन गरेको भन्दै वर्तमान सरकारले बजेट कटौती गरेको र कार्यान्वयनसमेत कसले गर्ने भन्ने अन्योल भएपछि समस्या देखिएको हो ।

जथाभावी रकमान्तर नगर्न निर्देशन

बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिले प्रदेश सरकारलाई आफूखुसी जथाभावी रकमान्तर नगर्न निर्देशन दिएको छ । सरकारको नेतृत्व परिवर्तनसँगै प्रदेशका कतिपय गौरवका योजनाको काम स्थगन र बजेट कटौती गर्न लागेको सार्वजनिक भएसँगै समितिले सरकारलाई प्रदेश विनियोजन ऐन, २०७८ को दफा ३ को उपदफा (३) को सीमाभित्र रहेर मात्र रकमान्तर गर्न

बजेट पुनरावलोकन गर्दै प्रदेश सरकार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफैंले ताली बजाएर ल्याएको चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारीमा जुटेका छन् । तत्कालीन एमालेको सरकारले बजेटमार्फत ल्याएका योजनाको बजेट कटौती गरेर वर्तमान सरकार अनुकूलका योजनामा खन्याउन लागेका हो । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आएर मुख्यमन्त्री बनेका राईले आफ्नो पक्षमा जनमत बढाउन बजेट पुनरावलोकन गर्न लागेका हुन् ।

प्रदेश सरकारबाट सञ्चालित म्याग्दीका दर्जनौं योजना अलपत्र

म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारबाट सञ्चालित १४ ओटा योजना बजेट अभावका कारण अलपत्र अवस्थामा छन् । जिल्लाका मंगला गाउँपालिकामा ३, रघुगंगा गाउँपालिकामा ३, धवलागिरि गाउँपालिकामा ६, बेनी नगरपालिकामा १ र अन्नपूर्ण गाउँपालिकामा १ मा गरी १४ ओटा योजनाको काम बजेट अभावका कारण अघि बढ्न सकेको छैन । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रवास भवन निर्माण योजना अलपत्र परेको छ ।  गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभावले काम हुन नसकेको हो । २ करोड लागत अनुमान गरिएको भवन निर्माण गत आर्थिक वर्षको अन्त्यमा ५० लाख बजेट विनियोजन भएपछि तत्कालीन सामाजिक विकासमन्त्री नरदेवी पुनले गत चैत ३१ गते शिलान्यास गरेकी थिइन् । मन्त्रीले शिलान्यास गरेर भवन निर्माणका लागि जग खन्ने लगायत काम शुरू गरिएको भए पनि बजेट नआएपछि अघि बढ्न नसकेको विद्यालयले बताएको छ । मंगला गाउँपालिकाको जस्तै रघुगंगा गाउँपालिकामा समेत प्रदेश सरकारमार्फत बजेट विनियोजन भएर सञ्चालन भएका तीन योजना अधुरै छन् । कोरोना लगायतका कारण समयमै सम्पन्न हुन नसकेका योजना सम्पन्न गर्न म्याद थप नभएको र बजेट समेत विनियोजन नभएकाले काम ठप्प भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । धवलागिरि गाउँपालिकामा समेत प्रदेश सरकारले बजेट कटौती गरेपछि आधा दर्जन योजना प्रभावित भएका छन् । वडा नम्बर ७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयको लागि पूर्वाधार निर्माण गर्न २ वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा ठूलो कटौती भएकोे गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । प्रदेश सरकारले नै शुरू गरेको वडा नम्बर ४ मुदीको बृहत् खानेपानी र खाम्लामा शुरू भएको मुख्यमन्त्री जलवायु कृषि कार्यक्रममा समेत बजेट नआएको गाउँपालिकाले बताएको छ । बेनीस्थित कालीपुल बसपार्क निर्माण योजनामा गतवर्ष ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष बजेट कटौती गरेको नगरपालिकाले बताएको छ । २ वर्ष अघिदेखि प्रदेश सरकारले जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण शुरू गरेको थियो । छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन शुरू गरिएको भए पनि योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको प्रधानाध्यापक केदार कार्कीले बताए । गण्डकी प्रदेशमा सरकार परिवर्तनसँगै आएको राजनीतिक अस्थिरताले आफैले सञ्चालन गरेका योजनामा प्रदेश सरकारले बजेट अदलबदल गर्ने कार्य हुन थालेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष ध्यानाकर्षण गराउन पुग्ने क्रम बढेको छ ।

योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण

गलेश्वर, १६ साउन: म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना […]

खानेपानीको माग गर्दै रित्तो गाग्रीसहित चरिकोटमा प्रर्दशन

चरिकोटमा आइतबार दिउँसो निषेधाज्ञाकै समयमा खानेपानी माग्दै रित्ता गाग्रीसहित प्रदर्शनमा भएको छ। जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुमा संघीय सरकारले खानेपानी योजनाको बजेट कटौती गरेको भन्दै ज्ञापन पत्र बोकेर गुनासो गर्न बिहिबार गाउँपालिका कार्यालय पुगेका थिए।