२०७७ चैत १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकैपटक ८६ वटा योजनाको शिलान्यास गरे । भर्चुअल माध्यमबाट शिलान्यास गरिएका योजनामध्ये गण्डकीमा १६ वटा थिए । अहिले भने ती आयोजना अलपत्र छन् । सरकार परिवर्तनसँगै संघीयताको मर्मविपरीत ओली सरकारले योजना कार्यान्वयन गरेको भन्दै वर्तमान सरकारले बजेट कटौती गरेको र कार्यान्वयनसमेत कसले गर्ने भन्ने अन्योल भएपछि समस्या देखिएको हो ।