प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफैंले ताली बजाएर ल्याएको चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारीमा जुटेका छन् । तत्कालीन एमालेको सरकारले बजेटमार्फत ल्याएका योजनाको बजेट कटौती गरेर वर्तमान सरकार अनुकूलका योजनामा खन्याउन लागेका हो । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आएर मुख्यमन्त्री बनेका राईले आफ्नो पक्षमा जनमत बढाउन बजेट पुनरावलोकन गर्न लागेका हुन् ।