संस्थाभित्रको विभाजनपछि गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । ‘निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भईरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केही असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च, २०२२ देखि २५ मार्च २०२२ सम्म सम्मेलन तथा महाधिवेशन आयोजना गरेकाले त्यसलाई रोकी दिन हुनको लागि सम