गैरआवासीय नेपाल संघ(एनआरएनए) को १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई दिनअघि नै उस्तै प्रकृतिको सम्मेलन गरिसकेको शेष घले पक्षले फेरि सम्मेलन गरिनुको औचित्य नभएको जिकिर गरेको छ । घले समूहले शनिबार उद्घाटन गर्न लागिएको संस्थापन पक्षको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ। गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएकाले राजनीतिक संगठन भएकाले त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो