शेष घलेको अगुवाईमा भएको एनआरएनए विश्व सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको अगुवाईमा भएको एक पक्षको विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । यो सम्मेलनलाई अर्को पक्षले भने अस्वीकार गरेको । सम्मेलनले संघको विधान र केही कार्यविधिलाई समेटेर तयार पारिएको संघको वर्तमान विधानमा अति आवश्यक भएका संशोधन गरी घोषणा पत्र जारी गरेको छ । त्यसै गरी सम्मेलनले …

सम्बन्धित सामग्री

एनआरएनएको ११औं महाधिवेशन असोज ३० मा

काठमाडौं । शेष घले समूहलाई बाहिरै राखेर आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा ११ औँ महाधिवेशन र विश्व ज्ञान सम्मेलन हुने भएको छ । २ वर्षको अन्तरालमा काठमाडौंमा हुँदै आएको १० औं सम्मेलन विभिन्न गुट उपगुटका कारण हुन सकेन । यसपाली भने शेष घले समूहलाई […]

घले समूहले भन्यो–राजनीतिक सम्मेलनको औचित्य छैन

गैरआवासीय नेपाल संघ(एनआरएनए) को १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई दिनअघि नै उस्तै प्रकृतिको सम्मेलन गरिसकेको शेष घले पक्षले फेरि सम्मेलन गरिनुको औचित्य नभएको जिकिर गरेको छ । घले समूहले शनिबार उद्घाटन गर्न लागिएको संस्थापन पक्षको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ।  गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएकाले राजनीतिक संगठन भएकाले त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो

सहमतिपछि पनि एनआरएनएमा ‘गाईजात्रा’, रोकिएन घलेको समानान्तर सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो ।विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सह

आजदेखि काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन सुरु

काठमाडौं, ८ चैत्र । आजदेखि काठमाडौं गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन सुरु भएको छ । राजधानीको होटल याक एण्ड यतीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति थियो ।

नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले

गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह  गरे ।सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो । सङ्घको अन्तर्राष्ट्रिय