यो साता सेयर बजारको परिसूचक नेप्से १६८ अंकले बढेको छ । गत साता २५२४ अंकमा रहेर बन्द भएको नेप्से यो साता २६९२ अंकमा कायम भएको छ । समग्रमा साताभर ६.६ प्रतिशतले बजार बढेको छ । साताको पहिलो दिन आइतबार ६०.४ अंकले बढेको नेप्से सोमबार थप ३२ र मंगलबार ६३ अंकले बढ्यो । बुधबार ३०.७ अंकले घटेको नेप्से बिहीबार भने ४३.२ अंक बढ्यो ।