कर्णालीमा दैनिक ७९ टन फलफूल र तरकारी आयात

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ । सबै भन्दा […]

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्य बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महीनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सय बराबरको व्यापार घाटा भएको छ । नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेंडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।  यसैगरी तरकारीमा गोलभेंडा रु पाँच लाख १२ हजार मूल्य बराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्य बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेंडा भारत निर्यात हुने गरेको छ । १९ करोड बढीको गोलभेंडा आयात चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेंडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्य बराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्य बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्य बराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । कोदो र आलुमा पनि भारतकै भर नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्य बराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्य बराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महीनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्य बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा रु दुई करोड ५९ लाख ९२ हजार मूल्य बराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्य बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्य बराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र रु ९८ लाख ५६ हजार मूल्य बराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।  पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महीनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसला बाली र बीउबिजन गरेर कुल रु पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्य बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।  सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसो लगायतका कुल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए । रासस

त्रिनगर नाकाबाट २२ दिनदेखि खाद्यान्न र तरकारी आयात रोकियो

१८ भदौ, धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो २२ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूल आयात रोकिएको छ । भन्सार कार्यालय कैलालीकाअनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावको कारण देखाउदै विषादी परीषण नगरेपछि खाद्यान्न, तरकारी र फलफुल नेपालतर्फ आउन नपाएका हुन् । कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर सामान पास नगर्दासम्म जाँचपास […]

तरकारी आयातमा कर लगाउँदा आलु प्याज आयात घट्यो

नेपाल सरकारले तरकारी र फलफूल आयातमा समेत मूल्य अभिवृद्धि कर लगाएपछि त्रिनगर भन्सार नाकाबाट हुँदै आएको आलु प्याजलगायतका तरकारी आयात घटेको छ । जिल्ला भन्सार कार्यालय कैलालीले आलु प्याज दैनिक ३/४ ट्रक आउने गरेकोमा अहिले हप्तामा एक ट्रक मुस्किलले आउने गरेको जनाएको छ । भारतबाट आलु प्याज आउन छोड्पछि स्थानीय उत्पादनले बजार पाएको छ । […]

१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । कालीमाटी फलफूल तथा तरकारी […]

रोकिएन विषादीयुक्त तरकारी आयात

काठमाडौं । भारतबाट आयात हुने तरकारी, फलफूल र अन्य कृिषजन्य वस्तु विषादीको अवशेष मापन गरेर मात्र नेपाल भित्र्याउने सरकारको नीतिविपरीत दिनहुँ त्यत्तिकै भित्रिइरहेको छ । काठमाडौं उपत्यकामा खपत हुने ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल भारतबाट आउँछ । तर, सम्बद्ध निकायको कमजोरीले विषादीयुक्त तरकारी र फलफूल उपभोक्ताको पेटसम्म पुग्ने जोखिम छ । भैरहवा नाकाबाट मात्रै पछिल्लो ३ महीनामा तरकारी, फलफूल र गेडागुडी गरी १२ ट्रक विषादीयुक्त सामान भित्र्याउन खोजेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत माघदेखि चैत दोस्रो सातासम्म त्यहाँबाट १६ सय मालवाहक ट्रक भित्रिएका छन् । तीमध्ये १२ ओटा ट्रकमा आयात हुन लागेको तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी भेटिएपछि उतै फिर्ता पठाइएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार चना, जुनार, सुन्तला, अंगुर, खर्बुजा, आलु, प्याज, च्याउ, केरा लगायतमा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी विषादी अवशेष पाइएपछि भारततिरै फिर्ता पठाइएको हो । तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिशन रेट) ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । निषेध दर ३५ देखि ४५ प्रतिशत भएमा त्यस्तो तरकारीलाई कम्तीमा ५ दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतमा झरेको खण्डमा खानयोग्य मानिन्छ । त्यस अवधिसम्म पनि निषेध दर तोकिएको सीमामा नआए फिर्ता पठाउने गरेको अधिकारीहरू बताउँछन् । नाकाबाट भित्रने खाद्य पदार्थमा विषादीको मात्रा परीक्षणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो गर्छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले कार्यालयमा पर्याप्त कमर्चारी नहुँदा काम प्रभावकारी हुन नसकेको बताए । ‘भैरहवास्थित हाम्रो कार्यालयमा जम्मा ११ जना कर्मचारी छन् । ती ११ जनाले आन्तरिक बजारमा उत्पादित खानेकुराको गुणस्तर परीक्षणको काम पनि गर्नुपर्छ । भारतबाट भित्रने तरकारीको विषादी परीक्षण गर्ने जिम्मेवारी पनि उनीहरूकै हो । दुईतिरको कामको बोझ थोरै कर्मचारीमा थोपरिँदा प्रभावकारी हुन नसक्ने उनीहरूको भनाइ छ । ‘समयमा रिजल्ट दिन नसक्दा विषादीयुक्त तरकारी भित्रिने जोखिम छ । हालसम्म रिक्त दरबन्दीमा कर्मचारी आएका छैनन्,’ उनले भने । नेपाल सरकारले आयातित वस्तुमा विषादी परीक्षण गर्न नाकामा छुट्टै विषादी प्रयोगशाला स्थापना गर्दै छ । प्रयोगशाला स्थापनाकै क्रममा रहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभागलाई गत कात्तिकदेखि उक्त जिम्मेवारी दिएको हो । बुटवल, भैरहवा, कपिलवस्तु वीरगञ्जलगायत नाकास्थित खाद्यको कार्यालयमा अहिले दिनहुँ सयौंको संख्यामा नमूना परीक्षणका लागि ल्याइन्छ । तर, कर्मचारी नहुँदा काम सहज रूपमा हुन सकेको छैन । विषादीयुक्त तरकारी र फलफूल खाँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् । वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा. अर्जुन बुढाथोकीका अनुसार तरकारी र फलफूलमा प्रयोग भएको विषादीले मानव शरीरको सबै अंगमा असर गर्ने भएकाले यसबाट बच्नुपर्ने हुन्छ । ‘हाम्रो शरीरको त्यस्तो कुनै अंग हुँदैन, जसलाई पिषादीले असर नगर्ने होस् । विषादी बढी भएको तरकारी प्रयोगले मुख्य गरी मुटु, छाला, नसासम्बन्धी रोग, महिलाको रजस्वला र प्रजननमा समस्या ल्याउनुका साथै सबै किसिमका क्यान्सरमा यसले भूमिका खेल्छ,’ उनले भने । त्यसैले यसबाट बच्न तरकारीलाई कम्तीमा ५ पटकसम्म सफा वा नुन वा पोटास मिसाइएको पानीले पखाल्नुपर्ने उनको सुझाव छ ।

काठमाण्डौमा तरकारीको माग घट्यो : आयात कम, भाउ भने यथावत्

काठमाण्डौ - काठमाण्डौमा तरकारीको माग घटेको छ । तरकारीको माग घटेपछि केही दिनदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी आयात घटेको छ ।  अस्ति बुधवार ६ सय ३० दशमलव ४९ मेट्रिक टन तरकारी भित्रिएको र त्यसपछि हिजो र आज निरन्तर घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार हिजो पाँच सय ३० दशमलव ८५ मेट्रिक टन र आज बिहान ६ बजेसम्ममा दुई सय २१ दशमलव ९८ मेट्रिक टन तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क छ ।  कोरोना महामारी, सरकारल...

ढुवानी ठप्प हुँदा बागलुङमा महँगियो तरकारी तथा फलफूल

भदौ २३, बागलुङ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीवारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन । व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नु परेकाले मूल्य बढाउनु परेको बताउँछन् ।  स्थानीय किसानबाट खरीद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उनीहरुको गुनासो छ । एक साता अघि रू. ६० पर्ने गोलभेँडा अहिले रू. १२० मा खरीद गर्नु परिरहेको व्यवसायी नारायण सुवेदीले बताए ।  ‘स्थानीय उत्पादन न्यून भएकाले खरीद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ’, उनले भने । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मूल्य नपाएको व्यवसायी बताउँछन् ।  वर्षायाम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहे अनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोट हुँदै फलफूल ढुवानी गर्नु परिरहेकाले दोब्बर भाडा तिर्नु परिरहेको बताउँछन् । एक किलो स्याउ रू. तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताए । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रू. १५० थियो ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढंगले मूल्य लिन नपाउने बताउँछन् । आजैदेखि बजार अनुगमन थालिएको उनको भनाइ छ । ‘अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ’, विकले भने । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् । चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी/फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ । रासस

विराटनगर भन्सारबाट भित्रियो ४० करोडको फलफूल तथा तरकारी

लकडाउनको समयमा विराटनगर भन्सारबाट २६ करोड रुपैयाँको फलफूल र १४ करोडको तरकारी आयात भएको छ । लकडाउन अवधि ११ चैत