पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्य बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महीनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सय बराबरको व्यापार घाटा भएको छ । नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेंडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।  यसैगरी तरकारीमा गोलभेंडा रु पाँच लाख १२ हजार मूल्य बराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्य बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेंडा भारत निर्यात हुने गरेको छ । १९ करोड बढीको गोलभेंडा आयात चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेंडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्य बराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्य बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्य बराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । कोदो र आलुमा पनि भारतकै भर नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्य बराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्य बराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महीनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्य बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा रु दुई करोड ५९ लाख ९२ हजार मूल्य बराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्य बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्य बराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र रु ९८ लाख ५६ हजार मूल्य बराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।  पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महीनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसला बाली र बीउबिजन गरेर कुल रु पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्य बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।  सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसो लगायतका कुल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

त्रिनगर नाकाबाट २२ दिनदेखि खाद्यान्न र तरकारी आयात रोकियो

१८ भदौ, धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो २२ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूल आयात रोकिएको छ । भन्सार कार्यालय कैलालीकाअनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावको कारण देखाउदै विषादी परीषण नगरेपछि खाद्यान्न, तरकारी र फलफुल नेपालतर्फ आउन नपाएका हुन् । कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर सामान पास नगर्दासम्म जाँचपास […]

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । कालीमाटी फलफूल तथा तरकारी […]

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।...

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।...

आठ महिनामा नेपालले गर्यो विभिन्न देशबाट पौने १३ अर्बको तरकारी आयात

काठमाडौं, १४ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालले विभिन्न देशबाट १२ अर्ब ७६ करोड ९७ लाख ६६हजार रुपैयाँको तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा उक्त रकममा ४३करोड ५८लाख २७हजार ७८९केजी विभिन्न प्रकारका तरकारी नेपाल भित्रिएको छ। पछल्लो आठ महिनामा ६अर्ब २२करोड रुपैयाँको आलु र ४अर्ब ४९करोड रुपैयाँ प्याज नेपालले आयात गरेको छ।

४ अर्ब ८६ करोडभनदा बढीको तरकारी आयात, सबै भन्दा बढी आलु

काठमाडौं।चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो तीन महिनामा विभिन्न देशबाट ४अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात भएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले विभिन्न देशबाट २अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ।यसै समय अवधिमा ११ करोड ५४लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागले बताएको छ।

४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी आयात

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख […]

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

कर्णालीमा दैनिक ७९ टन फलफूल र तरकारी आयात

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ । सबै भन्दा […]