१३ दिन टिकेन सरकारको अडान : विषादी परीक्षण विनै भारतबाट तरकारी आयात हुने :: Pahilopost.com

काठमाडौं : भारतबाट नेपाल आयात हुने तरकारी र फलफूललाई परीक्षणविना नेपाल छिर्न रोक लगाउने निर्णयबाट सरकार पछि हटेको छ। अब, सरकारले विषादी परीक्षणविना नै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खुलेको छ। विषादी परीक्षणविना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै

सम्बन्धित सामग्री

कालिमाटी तरकारी बजारले दिने संकेत

नेपालमा भारतबाट अत्यधिक मात्रामा तरकारी र फलफूल अयात हुन्छ भनेर धेरैले भन्ने गरे पनि तथ्यांकले तरकारीको आपूर्तिमा आन्तरिक उत्पादनको अंश नै बढी रहेको देखाएको छ । त्यस्तै नेपालका १९ जिल्लाबाट प्रमुख रूपमा तरकारी भित्रिएको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारत र चीनबाट पनि तरकारी र फलफूल आयात भएको देखिन्छ । यहाँ दैनिक ४ करोड रुपैयाँ बराबरको तरकारी कारोबार हुन्छ । यो थोक बजार भए पनि केही मात्रामा खुद्रा व्यापारसमेत हुने गरेको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । नेपालभित्रबाट तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर खेर जाने गरेको छ । त्यस्तै खुद्रा व्यापारीले उपभोक्तासम्म पुर्‍याउँदा ८ देखि १० प्रतिशतसम्म तरकारी खेर जाने गरेको पाइन्छ । यस्तै किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रसम्म पुर्‍याउँदा पनि केही तरकारी खेर जान्छ । यी सबैलाई जोड्ने हो भने कुल उत्पादित तरकारीको झन्डै २० प्रतिशत कुहेर खेर जान्छ । यसको अर्थ तरकारीको भण्डारण गर्ने शैली र उपकरण राम्रो छैन भन्ने हो । यसरी तरकारी खेर जाँदा किसानलाई त क्षति हुन्छ नै यसको भार उपभोक्तामाथि पर्छ । त्यसैले यसमा देखिएको क्षतिलाई पूरा गर्न चिस्यान सुविधासहितको गाडी व्यवस्था गरिनुपर्छ । साथै, कालिमाटी तरकारी विक्री केन्द्रमा समेत यस्तो व्यवस्था गरिनु उपयुक्त हुन्छ जसको लाभ उपभोक्ता र किसान दुवैले पाउन सकून् । नेपालको तरकारी वितरण प्रणालीमा सुधार गर्ने हो भने किसान र उपभोक्ता दुवैले लाभ लिन सक्छन् । अर्को दूरदराजका क्षेत्रबाट समेत तरकारी ढुवानी सहज बनाउँदा आन्तरिक उत्पादन बढ्न सक्छ । यसको साथै भारतीय तरकारीमा अत्यधिक विषादीको मात्रा छ भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला यथार्थ अलि फरक देखिएको छ । काठमाडौंको बजारमा नेपालको तरकारीको अंश ठूलो भएपछि विषादी पनि नेपाली उत्पादनकै बढी हुने भयो । त्यसैले भारतीय तरकारी विषादी बढी भएको भनेर भाषण गर्नुभन्दा समस्या यकीन गरी जनचेतना फैलाउनुपर्ने देखियो । तथ्यांकले भारतबाट आयात गरिने तरकारीमा मात्र होइन, नेपाली तरकारीमै विषादीको मात्रा बढी देखिएपछि विषादी प्रयोगको न्यूनीकरणमा तीन तहका सरकारले के काम गरेर बसेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपालमा विषादीको आयात बढिरहेको भन्सार विभागको तथ्यांकले पनि यसलाई स्पष्ट पार्छ । त्यसैले भारतबाट आयात गरिएको तरकारी मात्र होइन, आन्तरिक उत्पादनको समेत विषादी परीक्षण अनिवार्य गरिनुपर्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले यहाँ भित्रिने तरकारीका केही नमूनाको विषादी परीक्षण गर्ने गरेको छ । समितिले कार्बामेट र अर्गानोफस्फेट परीक्षण गरी त्यसको मात्रा जानकारी दिने गरेको छ । नेपालमा विषादीको विषयलाई लिएर बेलाबेला अनेक छलफल हुने गर्छन् । वास्तवमा यस्ता छलफलको आवश्यकता पनि छ, किनकि विषादीले मानव स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ । तर, त्यसमा समस्या बाह्यभन्दा आन्तरिक नै रहेछ भन्ने कुरा बुझ्न ढिला भइसकेको रहेछ । त्यस्तै, ताजा तथ्यांकले नेपाल तरकारीमा आत्मनिर्भर बन्न सक्ने सम्भावनासमेत देखाएको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । यति मात्र होइन, काठमाडौंमा तीव्र घडेरीकरणका कारण कृषियोग्य जमीनको अभाव भएको भनिए पनि तरकारी आपूर्तिमा उपत्यकाको अंश ठूलै देखिन्छ । त्यस्तै तरकारी बिकेन भनी सडकमा फाल्ने गरिएको चितवनको अंश भने अहिलेको यामको तथ्यांकमा ज्यादै कम देखिन्छ । यी तथ्यांकलाई राम्ररी विश्लेषण गर्दा नेपालको तरकारी उत्पादन र आपूर्तिका बारेमा प्रचलित विश्वास अमिल्दो देखिन्छ । यद्यपि काठमाडौंमा हुने तरकारी आपूर्ति सबै कालिमाटीमार्फत हुँदैन । बल्खु तरकारी बजार, माछापोखरीलगायत उपत्यकामा रहेको कैयौं तरकारी बजारमा सीधै तरकारी आयात हुने गरेको छ जहाँ विषादी परीक्षण लगायतको काम हुने गरेको छैन । तिनको पनि तथ्यांक हुने हो भने तरकारी आपूर्तिबारे धेरै तथ्य निक्लन सक्छ ।

रोकिएन विषादीयुक्त तरकारी आयात

काठमाडौं । भारतबाट आयात हुने तरकारी, फलफूल र अन्य कृिषजन्य वस्तु विषादीको अवशेष मापन गरेर मात्र नेपाल भित्र्याउने सरकारको नीतिविपरीत दिनहुँ त्यत्तिकै भित्रिइरहेको छ । काठमाडौं उपत्यकामा खपत हुने ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल भारतबाट आउँछ । तर, सम्बद्ध निकायको कमजोरीले विषादीयुक्त तरकारी र फलफूल उपभोक्ताको पेटसम्म पुग्ने जोखिम छ । भैरहवा नाकाबाट मात्रै पछिल्लो ३ महीनामा तरकारी, फलफूल र गेडागुडी गरी १२ ट्रक विषादीयुक्त सामान भित्र्याउन खोजेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत माघदेखि चैत दोस्रो सातासम्म त्यहाँबाट १६ सय मालवाहक ट्रक भित्रिएका छन् । तीमध्ये १२ ओटा ट्रकमा आयात हुन लागेको तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी भेटिएपछि उतै फिर्ता पठाइएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार चना, जुनार, सुन्तला, अंगुर, खर्बुजा, आलु, प्याज, च्याउ, केरा लगायतमा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी विषादी अवशेष पाइएपछि भारततिरै फिर्ता पठाइएको हो । तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिशन रेट) ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । निषेध दर ३५ देखि ४५ प्रतिशत भएमा त्यस्तो तरकारीलाई कम्तीमा ५ दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतमा झरेको खण्डमा खानयोग्य मानिन्छ । त्यस अवधिसम्म पनि निषेध दर तोकिएको सीमामा नआए फिर्ता पठाउने गरेको अधिकारीहरू बताउँछन् । नाकाबाट भित्रने खाद्य पदार्थमा विषादीको मात्रा परीक्षणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो गर्छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले कार्यालयमा पर्याप्त कमर्चारी नहुँदा काम प्रभावकारी हुन नसकेको बताए । ‘भैरहवास्थित हाम्रो कार्यालयमा जम्मा ११ जना कर्मचारी छन् । ती ११ जनाले आन्तरिक बजारमा उत्पादित खानेकुराको गुणस्तर परीक्षणको काम पनि गर्नुपर्छ । भारतबाट भित्रने तरकारीको विषादी परीक्षण गर्ने जिम्मेवारी पनि उनीहरूकै हो । दुईतिरको कामको बोझ थोरै कर्मचारीमा थोपरिँदा प्रभावकारी हुन नसक्ने उनीहरूको भनाइ छ । ‘समयमा रिजल्ट दिन नसक्दा विषादीयुक्त तरकारी भित्रिने जोखिम छ । हालसम्म रिक्त दरबन्दीमा कर्मचारी आएका छैनन्,’ उनले भने । नेपाल सरकारले आयातित वस्तुमा विषादी परीक्षण गर्न नाकामा छुट्टै विषादी प्रयोगशाला स्थापना गर्दै छ । प्रयोगशाला स्थापनाकै क्रममा रहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभागलाई गत कात्तिकदेखि उक्त जिम्मेवारी दिएको हो । बुटवल, भैरहवा, कपिलवस्तु वीरगञ्जलगायत नाकास्थित खाद्यको कार्यालयमा अहिले दिनहुँ सयौंको संख्यामा नमूना परीक्षणका लागि ल्याइन्छ । तर, कर्मचारी नहुँदा काम सहज रूपमा हुन सकेको छैन । विषादीयुक्त तरकारी र फलफूल खाँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् । वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा. अर्जुन बुढाथोकीका अनुसार तरकारी र फलफूलमा प्रयोग भएको विषादीले मानव शरीरको सबै अंगमा असर गर्ने भएकाले यसबाट बच्नुपर्ने हुन्छ । ‘हाम्रो शरीरको त्यस्तो कुनै अंग हुँदैन, जसलाई पिषादीले असर नगर्ने होस् । विषादी बढी भएको तरकारी प्रयोगले मुख्य गरी मुटु, छाला, नसासम्बन्धी रोग, महिलाको रजस्वला र प्रजननमा समस्या ल्याउनुका साथै सबै किसिमका क्यान्सरमा यसले भूमिका खेल्छ,’ उनले भने । त्यसैले यसबाट बच्न तरकारीलाई कम्तीमा ५ पटकसम्म सफा वा नुन वा पोटास मिसाइएको पानीले पखाल्नुपर्ने उनको सुझाव छ ।

विषादी नजाँची भारतीय तरकारी आयात

काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन ।

सर्वोच्चको आदेश‘ भारतीय तरकारी विषादी परीक्षण नगरी नल्याउनू’ :: Pahilopost.com

काठमाडौँः सर्वोच्च अदालतले बिना परीक्षण भारतबाट तरकारी आयात गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ।  असार २६ गते एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलपछि न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो।   मन्त्रिपरिषद्को निर्णय

विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात हुने

काठमाडौं । भारतको तीव्र दबाबका कारण भन्सार नाकामा तकारी तथा फलफूको विषादी परीक्ष गर्ने नीतिगत व्यवस्थाबाट सरकार दुई सातामै पछि हटेको छ ।    असारको पहिलो साता विषादी परीक्षण गरेर मात्र तरकारी तथा ...