काठमाण्डौ - काठमाण्डौमा तरकारीको माग घटेको छ । तरकारीको माग घटेपछि केही दिनदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी आयात घटेको छ ।
अस्ति बुधवार ६ सय ३० दशमलव ४९ मेट्रिक टन तरकारी भित्रिएको र त्यसपछि हिजो र आज निरन्तर घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार हिजो पाँच सय ३० दशमलव ८५ मेट्रिक टन र आज बिहान ६ बजेसम्ममा दुई सय २१ दशमलव ९८ मेट्रिक टन तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क छ ।
कोरोना महामारी, सरकारल...