सुर्खेत : असार मसान्त नजिकिँदै पुग्दै गर्दा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ।पछिल्लो एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड ६८ लाख ४५ हजार दुईसय ४० रुपैयाँ निकासा गरेको हो। जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ। त्यस्तै कोरोना संक्रमितको उपचार तथा आवश्यक औषधि पूर्वाधार तयारका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई एक करोड ६० लाख ४३ हजार सातसय ४० रुपैयाँ निकासा