आमा हेर्न लुकिछिपी तिब्बत छिरेका थिए, सुरक्षाकर्मीले बाटोबाटै फर्काइदिए

न्वाङले वैधानिक बाटो हिँड्न चाहेनन्। तिब्बत छिर्ने हुटहुटीले उनी ३१ नम्बर पिलरको बाटोबाट नेपाली भूमि पार गरे। उनी जन्मिएको तिब्बती भूमिमा पाइला राखे। सिमानामा दुबैतर्फ सुरक्षाकर्मी परिचालित थिए। उनको तिब्बत प्रवेश चिनियाँ सुरक्षाकर्मीको आँखाबाट छिप्न सकेन। घर पुग्न नपाउँदै न्वाङ पक्राउ परे।

सम्बन्धित सामग्री

मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो

पोखरा : सोलुखुम्बुको दिङबोचे गाउँमा चौरी चराउँदै बाल्यकाल बिताएकी फुरदिकी शेर्पा घरकी जेठी छोरी हुन्। कहिले सगरमाथाको नजिक त कहिले तिब्बत पुग्ने उनका बाबा-आमा घरमा नहुँदा घरधन्दाको जिम्मेवारी सानैदेखि उनैले लिने गर्थिन्। स-साना घरधन्दामै अल्झिदै बित्यो उनको बाल्यकाल। एकदिन मिङ्मा शेर्पा आइपुगे। फुरदिकीलाई देखेर मनपराएका मिङ्माले उनको हात परिवारसँग मागे।…

पृथ्वीनारायण शाहले एकीकृत नेपाल बनाउँदाको वस्तुगत र आत्मगत अवस्था

केरसिंह अदै यही पुस २७ गते पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाईंदैछ । पृथ्वीनारायण शाह नेपाल राष्ट्रलाई एकीकरण गरी परचक्रीको अधिनबाट बचाउने महत्वपूर्ण नेता हुन् । उनको जन्म दिवसको अवसरमा उनलाई नेपाली जनताले नेपाल राष्ट्रका निर्माताको रूपमा सम्झि रहनेछन् । उनको जन्म गोरखाका राजा नरभुपाल शाह र आमा कौशल्यावतीको कोखबाट वि.स्. १७७९ मा भएको हो । उनी बुबा नरभुपाल शाहको निधनपछि वि.स. १७९९ मा गोरखाका राजा भए । उनी राजा हुने बेला नेपाल एकीकृत रूपमा आउनु भन्दा पहिले ५२ वटा स–साना राज्यमा विभाजित थियो । राज्य–राज्य बीच लड़ाई कायम थियो । सुदूरपश्चिम क्षेत्रमा २२ राज्य, मध्य क्षेत्रमा २४ राज्य काठमाडौं उपत्यकामा ३ र पूर्वमा मकवानपुर, चौदनी, विजयपुर गरी ५२ राज्य थिए । पृथ्वीनारायण शाहको पहिलो योजना काठमाडौं उपत्यकालाई कसरी कब्जा गर्ने भन्ने मा थियो । यसै अनुरूप उनले काठमाडौंलाई घेराबन्दी गर्ने उद्देश्यले काठमाडौं र तिब्बत भोटको व्यापारिक नाका पर्ने नुवाकोटलाई आफ्नो पहिलो निशान बनाए । विराज थापाको नेतृत्वमा पहिले सेना पठाए, सफल हुन सकेन । फेरि गोरस्वर पन्थको नेतृत्वमा अर्को फौज पठाए । कुनै योजना नबनाई आक्रमण गरेकाले पराजय नै भोग्नु पर्यो । वि.स. १८०१ मा कालु पाण्डेको सैनिक नेतृत्वमा १२ वर्षदेखिका सबैलाई सशस्त्र तैयारी पारी काठमाडौंमा ईन्द्र जात्राको अवसरमा नुवाकोटलाई चारै तिरबाट हमला गरी कब्जा गरे । नुवाकोटका जयन्त राजाको छोरा शंखमनीको मृत्यु भयो । नुवाकोट विजय हासिल गरेपछि बेलकोटमा नुवाकोटको राजा र सिपाहीहरू लुकेर बसेको थाहा पाएपछि कालु पाण्डेले तत्काल आक्रमण नगर्न पृथ्वीनारायण शाहलाई सुझाव दिएका थिए । तर उनको सल्लाहलाई उपेक्षा गरी बेलकोट आ क्रमण गरी नुवाकोटका राजा जयन्तलाई पक्राउ गरे । उनको नुवाकोटमा लिएर छाला काढियो । पृथ्वीनारायण शाहले तनहुँ राजा त्रिबिक्रम सेनबीच सन्धि गर्ने भनी गोरस्वर पन्थलाई खबर पठाए । वार्ता गर्ने सहमत भई वार्ता भइरहेको बखत गोर्खाली सेनाले राजालाई नै बन्धी बनाई तनहुँ कब्जा गरेपछि मात्र राजालाई छाडिदिए । वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पहिलो आक्रमण गरे । ...