बालबालिका र पौष्टिक आहार

पोषण शरीरका लागि अनिवार्य छ । बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ । पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि । पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ ।

सम्बन्धित सामग्री

नसुधारिएको बालसुधारगृह

रूपन्देही । कानूनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सिद्धार्थनगर–७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको हो । त्यसमा क्षमता भन्दा बढी १०२ बालक छन् । साविकको महिला तथा बालबालिका कार्यालयका तीन कोठामा जबर्जस्ती कोचिएर बस्नुपर्ने बाध्यता बालबालिकालाई छ । खासगरी बालबालिकाका मुद्दा १२० दिनभित्र फैसला गरिसक्नुपर्ने कानूनमा उल्लेख भए पनि समयमा फैसला नभएकाले यहाँका ४० बालकले कष्टकर दिन गुजारिरहेका छन् । सो सुधारगृहमा खुला ठाउँ छैन । शौचालयसमेत सफा छैन । खाना खाने र पकाउने ठाउँ पनि भद्रगोल छ । पेटभरि खानासमेत उपलब्ध नहुँदा आफूहरूले कष्टकर जीवनयापन गरिरहेको र सजाय भोगिरहेका बालबालिकाले बताउने गरेका छन् । क्षमताभन्दा बढी कोचिएर बस्नुपरेपछि अधिकांश बालकलाई छालासम्बन्धी रोग लागेको छ । तीमध्ये बाह्र बालकलाई क्षयरोग लागेको छ । तीनजनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् । सानाठूला सबै बालकलाई एकै ठाउँमा भद्रगोल अवस्थामा राखिएको एड्भोकेसी फोरमका सदस्य तथा बालकल्याण संस्थाका अध्यक्ष शिवप्रसाद गौडेल बताउँछन् । नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०७५ अनुकूल राज्यले बालबालिकाका लागि सुनिश्चित गरेका अधिकार समावेश गरेर बालगृहलाई सुधारगृहका रूपमा विकसित गर्नुपर्नेमा कारागारको विकल्पका रूपमा सुधारगृहलाई राख्ने काम भएको उनको भनाइ छ । ‘त्यहाँ न खेल्ने ठाउँ छ, न उनीहरूले घाम देख्न पाउँछन् । पढ्न, खेल्न हिँडडुल गर्न, शारीरिक अभ्यास गर्न पाउने अवस्थासमेत छैन जसले गर्दा बालकहरू अधिकारबाट वञ्चित भएका छन्,’ उनले भने । यसको सुधारका लागि तीनै तहका सरकारको समन्वय हुनुपर्ने उनले बताए । ‘प्रदेशमा रहेका बालसुधारगृहलाई बालमैत्री बनाउने दायित्व प्रदेश सरकारको पनि हो, यसमा सबै जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहका पालिकामा बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म  हुन सकेको छैन ।’ जुनसुकै समाजमा पनि विभिन्न विकृति एवम् कानुन विपरीतका अपराधजन्य गतिविधि कुनै न कुनै रूपमा हुने गर्छन् । यस्ता गतिविधिमा बालबालिकाको संलग्नता पनि हुने गर्छ । सामान्यतया बालबालिका आफैले कानून विपरीतका अपराधजन्य कार्य गर्दैनन् । यसमा वरिपरिको वातावरण, संगत एवं कतिपय अवस्थामा लोभ, लालच, दबाबजस्ता कुराले प्रभावित पार्ने हुनाले यस्ता कार्यमा संलग्न बालबालिकालाई कडा सजाय नदिई सुधारका उपाय अपनाउनुपर्छ भन्ने मान्यता रहिआएको छ । सो सुधारगृह सञ्चालनमा आएपछि विभिन्न जिल्लाबाट कानूनको विवादमा परेका बालबिज्याइँमा संलग्न बालकलाई सुधारका लागि राख्न शुरू गरिए पनि क्षमताभन्दा बढी बालक हुँदा व्यवस्थापनमा समस्या भएको छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार जस्ता नैसर्गिक अधिकारबाट उनीहरू वञ्चित भएका छन् । रासस

नाम स्मृति, काम सबैले सम्झिने

काठमाडौं । कुनै समय आम मानिसजस्तै पेशा र पारिवारिक जिम्मेवारीमा केन्द्रित काठमाडौं, बालुवाटारकी स्मृति पोखरेल ४ वर्षदेखि निरन्तर क्यान्सरपीडित बालबालिकाको जीवन बचाउने अभियानमा छन् । यस अवधिमा उनले क्यान्सर भएर जीवन र मृत्युको दोसाँधमा पुगेका ५० भन्दा धेरै बालबालिकालाई नयाँ जीवन दिएकी छन् । एउटा बच्चा बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो भन्ने भावनाले काममा उत्साह थपिरहेको स्मृति बताउँछिन् । छँदाखाँदाको पेशा छाडेर स्मृति यता लाग्नुको छुट्टै कथा छ । एकपटक रातो बंगला फाउन्डेशनको कामले काभ्रे पुगेका बेला एउटा स्कूलमा एकजना अधबैंशे पुरूष आर्थिक सहयोग माग्दै रहेछन् । उनीबारे बुभ्mदै जाँदा ५ वर्षे छोरा शिशिर सरयूको आँखामा क्यान्सरको उपचार गर्न सहयोगको याचना गर्दै हिँडेको थाहा भयो । शिशिरको अवस्थाबाट भावुक बनेकी स्मृति उनका अभिभावकलाई केही आर्थिक सहयोग गर्न सक्ने आश्वासनसहित सम्पर्क नम्बर दिएर काठमाडौं फर्किन् ।  ‘त्यसअघि बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने मलाई थाहा थिएन्,’ उनी भन्छिन्, ‘काभ्रेबाट फर्केको ३ दिनसम्म शिशिरको अवस्था सम्झिएर निद्रा लागेन । शिशिरका लागि केही गर्नैपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।’ केही दिनपछि शिशिरका बुबाले फोन गरेर छोरालाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएको जानकारी दिए । ‘शिशिरलाई आर्थिक सहयोग गर्न कान्तिको अंकोलोजी वार्डमा पुग्दा दिमागै खलबलिने दृश्य देख्नुपर्‍यो,’ उनले भनिन् । त्यहाँका ३२ ओटा बेड २ महीनादेखि १६ वर्ष उमेर समूहका क्यान्सरपीडितले भरिएका थिए ।  ‘अस्पतालको त्यो अवस्थाले मेरो मनमा निकै ठूलो झट्का दियो । अनि म उनीहरूलाई पनि सहयोग गर्ने अठोट गरेर फर्किएँ,’ स्मृतिले भनिन् । त्यो कुरा उनले नजिकका साथीभाइ, आफन्त र इस्टमित्रसँग पनि शेयर गरिन् । र, उनीहरूसँग सहयोग पनि माग्न थालिन् । ‘एक किसिमले मैले त्यस बेलादेखि नै एउटा अभियान शुरू गरिसकेकी रहेछु,’ स्मृतिले भनिन् । दर्जनौं क्यान्सरपीडितलाई नयाँ जीवन दिने काम सहजै र एक्लैले गर्न नसकिने बुझाइले स्मृतिलाई संस्था नै दर्ता गराएर काम अघि बढाउने निर्णयमा पुर्‍यायो । अनि रातो बंगला फाउन्डेशन र नेपाल इन्जिनीयरिङ कलेजको आकर्षक जागीर छाडेर क्यान्सरपीडित बालबालिकाको सेवामा लागेको स्मृति बताउँछिन् ।  उनको त्यो निर्णयमा साथ दिन आइपुगिन्– स्कूले जीवनदेखिकै मिल्ने साथी केसाइन डिकी लामा । लामा, स्मृति र अरू तीनजना डाक्टर ९विष्णु अधिकारी, सुधा बस्नेत र सुचारिता तुलाधर० मिलेर गत सेप्टेम्बरमा विश नेपाल फाउन्डेशन नामक क्यान्सरपीडित बालबालिकाको जीवन रक्षामा काम गर्ने संस्था शुरू गरेका छन् । संस्था दर्ता गर्नुअघि नै क्यान्सरपीडित बालबालिकाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अभिलेख स्मृतिसँग छ । उनको संस्थाले दुरुपयोग नहोस् भनेर डाक्टरको सल्लाहबमोजिम बिरामीलाई आर्थिक, खानपान तथा पोषणमा सहयोग गर्ने गरेको छ ।  यो कामबाट घरपरिवार र आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘मेरो र संस्थाको पहिलो उद्देश्य क्यान्सरपीडित बालबालिकाको जीवन बचाउनु हो । बालबालिका बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो । त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ र,’ उनले भनिन् ।  दुर्गम गाउँका क्यान्सरपीडितका आफन्त र अभिभावकले आर्थिक अभावका कारण उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने पौष्टिक आहार पुर्‍याउन सकिरहेका हुँदैनन् । पौष्टिक आहार पुगेन भने क्यान्सरको उपचार पद्धति केमोथेरापीले प्रभावकारी काम गर्न सक्दैन । त्यसका लागि विश नेपाल फाउन्डेशनले डाक्टरको सल्लाह बमोजिम बिरामीलाई पौष्टिक तत्वका रूपमा महीनाभरि नै पिडिएसोर र थ्रेप्टिनको व्यवस्था गरेको छ । दुर्गमबाट आएका बिरामीलाई उपचार अवधिभर काठमाडौंमा बस्न पनि समस्या हुन्छ । उपचार पूरा नहुँदै फर्किनुपर्ने बाध्यताले कतिपय बालबालिका अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । यसलाई सम्बोधन गर्न फाउन्डेशनले उपचार अवधिभर बिरामी र अभिभावकलाई काठमाडौंमा बस्न मिल्ने गरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ । स्मृतिले दार्जिलिङको माउन्ट हर्मोन स्कूलबाट १२ कक्षा, कोलकाताबाट उच्च शिक्षा र अमेरिकाबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । परोपकारी काममा लागेको धेरै नभए पनि हजुरआमाको प्रेरणाले सानैदेखि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच चाहिँ रहेको उनको भनाइ छ । हजुरआमाले शिशु सेवा समिति नामको संस्था खोलेर बालबालिकाका क्षेत्रमा काम गरेको उनले सानैमा देखेकी थिइन् । ‘त्यसैको प्रेरणाले होला मलाई समाज सेवामा रुचि जागेको,’ कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन् ।

हिमानी कोषले बालबालिकालाई दियो पौष्टिक खानेकुरा

भद्रपुर : पूर्व-युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सेवामूलक संस्था हिमानी कोषद्वारा झापाका बालबालिकाहरूलाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण वितरण गरेको छ।कोषले भद्रपुर( ७ स्थित सरस्वती विद्या मन्दिर प्राविका ४४ जना बालबालिका, भद्रपुर( ७ स्थित भृकुटी प्राविका ४४ जना बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराइएको छ। साथै भद्रपुरस्थित बुधकरण चिया बगान क्षेत्रको मुसहर बस्तीका ३० जना बालबालिकाहरूलाई समेत पौष्टिक आहार वितरण गरिएको हिमानी कोष झापाको कोडिनेटर पुनमसिंह राजवंशीले जानकारी

कुपोषित बालबालिका उपचार गरिने पुनर्स्थापना गृह बन्द गरेर क्वारेन्टाइन

विपन्न समुदायका कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहार खुवाउने पोषण पुनस्र्थापना गृह बन्द गरेर सरकारले

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४ वटा क्वारेन्टाइन स्थलभित्र रहेका करिब १ सय १० जनालाई विहीबारसम्म पौष्टिक आहारको रुपमा सुजी (हलुवा) खुवाएका छन् । वडा नं.२ भित्र रहेका क्वारेन्टाइनहरुमा गर्भवती महिला, बालबालिका र बृद्धहरु रहेकाले केही युवाहरु …

छब्बीस हजारलाई ‘पौष्टिक लिटो’ , बजेट कतौटी हुँदा लिटोको चिन्ता

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रममार्फत २६ हजार १५७ जनाले पौष्टिक आहार (लिटो) लिएका छन्। विश्व खाद्य कार्यक्रममार्फत पाँच जिल्लाका गर्भवती, बालबालिका र स्तनपान गराइरहेका महिलालाई १० वर्षदेखि पौष्टिक पिठो वितरण गरिँदै आएको छ। गर्भवती तथा स्तनपान गराइरहेका १० हजार महिला, छ महिनादेखि २३ महिनासम्मका आठ हजार ३९ जना बालक, आठ हजार ११८ जना बालिकाले पौष्टिक आहार लिइरहेका छन्। मुगु र हुम्लामा सप्रोस नेपाल काठमाडौँले र कालीकोट, डोल्पा तथा कालीकोटमा मनहरि विकास संस्था (एमडीआई) हेटौँडाले लिटो वितरणको जिम्मा पाएका छन्। यी जिल्लामा १३५ स्वास्थ्य संस्था छन्। ती सबैबाट पौष्टिक लिटो वितरण हुने गर्दछ। कुपोषणमा कमी विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रत्येकले एक प्याकेट (तीन किलो) लिटो प्राप्त गर्छन्। विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक अमृत गुरुङका अनुसार साबिक कर्णालीका पाँच जिल्लामा मासिक ७८.४७ मेट्रिक टन पोसिलो पिठो वितरण हुने गरेको छ। पोसिलो पिठो वितरणपछि कर्णालीका गर्भवती महिला तथा छ महिनादेखि २३ महिनासम्मका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने र आमामा हुने रक्तअल्पता रोगमा कमी आएको बताइन्छ।