काठमाडौं : वाग्मती प्रदेश सरकारले स्थानीय कृषि उपजबाट उत्पादन गरिएका प्राकृतिक पौष्टिक आहार वितरण मार्फत बालबालिका, गर्भवती महिला, किशोरी एवं ज्येष्ठ नागरिकको पोषण स्वास्थ्यका लागि ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। सोमवार यादव चन्द्र शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको…