कास्की – 'सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ' भन्ने नारासहित पोखरामा आज बुधवारदेखि २४ औँ सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
लेकसाइडको हल्लनचोकबाट सुरु भएकाे विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महाेत्सव औपचारिकरूपमा सुरु भएको हाे । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभयाे ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकम...