काठमाडौं : उपत्यकामा मंगलबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। तर, कतै गाडीले यात्रु पाइरहेका छैनन् भने कतै यात्रुले आफ्नो गन्तव्यसम्म पुग्ने गाडी नपाएको गुनासो गरेका छन्।
२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन।
माइक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्...