पुसको छोटो दिनमा बेलुकीको कार्यालय समय । बस्ने ठाउँ पुग्ने हतारोमा गाडी पर्खिरहेका यात्रु । गाडीको लाइनभन्दा यात्रुको घुईंचो ठूलो । अब यस्तोमा महिला, बालबालिका, वृद्धवृद्धाको अवस्था के होला कल्पना गर्न पनि गाह्रो छ ।यो हाम्रो सांगोपांगो सार्वजनिक सवारीको वर्तमान यथार्थ हो । काठमाण्डौको सुन्धारामा कार्यालय समयमा देखिने घुईंचोले सार्वजनिक सवारीको अवस्थाको एउटा प्रतिनिधित्व गर्छ । शहीदगेट, रत्नपार्क, जमल, बागबजारको भक्तपुर मिनिबस पार्क आदि भित्री सहरका गाडी बिसौनी र सार्वजनिक सवारीको अवस्था र कथा प्रायजसो उस्तै छ ।यस्तै कथा बोकेर ...