पर्वत : कोभिड १९ संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण थला परेको यातायात व्यवसाय दशैंका कारण तंग्रिएको छ। झण्डै दुई वर्ष न त सडकमा हिँड्ने यात्रु नै थिए, न त सडकमा गुडेका सवारी साधन नै। कोरोनाका कारण सवारीमा गरिएको लगानी र थन्किएको बेलामा सवारीमा आउने प्राविधिक समस्याका कारण कति व्यवयासी त पलायन नै भएका थिए।‘कतिका साधन बैंकले खिच्यो, लाखौँ मूल्यका गाडी खिया लागेर भग्नावशेष बने, कति साथीहरू ऋणमा डुबे,’ धौलागिरि गण्डकी यातायात सेवा प्रालिअन्तर्गत कुश्मा शाखाका कर्मचारी कृष्ण प्रसा