खानेपानी मन्त्री बिना मगरले निर्धारित समयमा नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन दाबी गरेकी छिन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने क्रममा मगरले निर्धारित समयमा नै पानी ल्याउने बताएकी हुन् ।
केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएसँगै कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन् ।