लमजुङ : डिभिजन वन कार्यालय लमजुङले विभिन्न जातका फलफूलका ३४ हजार १११ वटा विरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले स्थानिय तह तथा सामुदायिक वन उपभोक्ता समितिहरुलाई विरुवा वितरण गरेको हो।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुन कागती, लिची, आँप, सुन्तला, रुख कटहर, अम्बा, ओखरलगायतका फलफूलका विरुवा वितरण गरेको हो। कार्यालयले यस आर्थिक वर्षमा सवैभन्दा धेरै ओखरको विरुवा वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार चालु आर