अभियन्ता अञ्जु प्रधानद्वारा गुर्जोलगायतका जडिबुटीका विरुवा निःशुल्क वितरण

काठमाडौं, ७ साउन । निःशुल्क गुर्जो अभियानमा सक्रिय समाजसेवी अञ्जु प्रधान र उनका पति राजेश प्रधानले आज गुर्जोलगायतका नेपाली जडिबुटीका विरुवा निःशुल्क रुपमा वितरण गरेका छन् । जीवन विज्ञान अनलाईन, मैतीदेवीद्वारा आयोजित जडीबुटी विरुवा वितरण सेवामा गुर्जो अभियन्ता कमल बहादुर राजलवटका बहिनी अन्जु प्रधान तथा ज्वाँई राजेशमोहन प्रधानले मैतीदेवी मन्दिरमा सहभागी सबैलाई गुर्जोको बेर्नासहित असुरो, […]

सम्बन्धित सामग्री

चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि पायो निरन्तरता

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियानले यस वर्ष पनि निरन्तरता पाएको छ । गत वर्ष सुरु भएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’अन्तर्गत यस वर्ष पनि नगरवासीलाई निःशुल्क एभोकाडोको विरुवा वितरण भइरहेको छ । वर्षायाममा मात्र विरुवा रोप्ने कार्यक्रम गर्दै आएको यस अभियानले गत वर्ष नगर क्षेत्रका सबै वडामा करिब ७ हजार एभोकाडोको […]

एभोकाडोको विरुवा बाँड्दै कुँवर

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थाल्नुभएको छ । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहनुभएको हो । “एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भन्नुभयो, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।”

आफ्नो तलबले घाँसको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै उपमेयर

खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयरले नगरभित्रका टोल–टोलका किसानहरुलाई घाँसको बिरुवा बितरण गरिरहनुभएको छ । नगरपालिकाका उपमेयर बिसन राईले आफ्नो तलबबाट सुपर नेपियर घाँसको विरुवा खरिद गरी वितरण गरिरहनुभएको हो । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण […]

चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ बनाउने अभियान सुरु

काठमाडौं, १ साउन । भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान सुरु भएको छ । चाँगुनारायणका प्रत्येक घरपरिवारलाई एभोकाडो लगाउन प्रेरित गर्ने उद्देश्यले प्रतिघर दुईवटा एभोकाडोको विरुवा निःशुल्क वितरण गरेर अभियानको सुरुवात गरिएको हो । तीन वर्षसम्म अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने उद्देश्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए । चाँगुनारायणबासीहरुको […]

भूक्षय र वातावरण जोगाउन वृक्षरोपण

सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।

मानव सेवा आश्रममा गुर्जोको चिया सेवा

काठमाडौं, १५ जेठ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज पनि गुर्जोको निःशुल्क सेवा गरेका छन् । उनले आज (आइतबार) मानव सेवा आश्रम, कौशलटार, रामकोट योग साधना केन्द्र, कौशलटार रेयुकाईमा पुगेर गुर्जोको चिया सेवा गरेका छन् । उपस्थितिहरुलाई गुर्जोको चिया प्याकेट र बेर्ना विरुवा पनि वितरण गरेका थिए ।

सारथी दिदि बहिनी समूह, ठैवमा गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण

काठमाडौं, २६ भदौ । सारथी दिदि बहिनी समूह, ठैवमा सहभागीहरुलाई गुर्जोको बेर्ना, गुर्जो चिया प्याकेट र धुलो औषधी विरतण गरिएको छ । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले उपस्थित् सबैलाई गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण गरेका हुन् । उक्त कार्यक्रममा समूहका अध्यक्ष मैया दाहालले गुर्जोको महत्वको बारेमा प्रकाश पारेकी थिईन् । राजलवटका अनुसार […]

टिमुरको व्यावसायिक खेतीमा पोखराका किसानको आकर्षण बढ्दै

असार २५, कास्की । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो । घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचओटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् । कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो । ‘स्वास्थ्यबर्द्धक एवम् औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ’, उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए । नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए । लामो समयदेखि बाझै रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० ओटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ । अर्का युवा शंकर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन् । गाउँमा आफ्नो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए । डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए । सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरीद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरीद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उनको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रू. तीन हजार ५०० सम्म रहेको छ ।  समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रू. तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।  दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा  प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । रासस

प्रकृति सेवा प्रतिष्ठान वीरगञ्जद्वारा बिरुवा बाँड्ने अभियान शुरु

जेठ १३, वीरगञ्ज । कोरोना महामारीका बेला प्रकृति सेवा प्रतिष्ठान नेपालले वीरगञ्जका बिरुवा बाँड्ने अभियान शुरु गरेको छ । अक्सिजनको दीर्घकालीन स्रोत रुख हुर्काउन प्रेरित गर्ने उद्देश्यले विभिन्न प्रजातिका विरुवा वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए ।  अहिले कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपनि दीर्घकालका लागि मानव जीवनलाई यसको अभाव नहोओस् भन्नका लागि वीरगञ्जका विभिन्न स्थानमा विरुवा बाँडिएको प्रतिष्ठानले बताएको छ ।  प्रतिष्ठानले एक साताभन्दा लामो समयदेखि नगर क्षेत्रका  बासिन्दाहरुलाई निःशुल्क विरुवा दिएर आआफ्नो घरआँगानमा रोप्न प्रेरित गरिहेको छ । प्रकृति संरक्षणलाई मुख्य उद्देश्य बनाएको प्रतिष्ठानले विगत लामो समयदेखि वीरगञ्जमा वातावरण संरक्षणको पक्षमा काम गर्दै आएको छ । नगर क्षेत्रमा विरुवा रोप्ने, वितरण गर्ने र  सिर्सिया नदी सफाईलगायतमा कामका प्रतिष्ठान सक्रिय छ ।