जोखिममा जिबजिबेको झोलुंगे पुल,  बिरामीलाई सास्ती

प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुंगे पुल जोखिममा परेको छ ।  कालिका गाउँपालिका-२ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।  ११७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि  संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दि...

सम्बन्धित सामग्री

‘२० औं वर्षदेखि जनतालाई लालपुर्जा नदिनु सरकारको कमजोरी’

काठमाडौँ : सुदूरपश्चिम प्रदेशअन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिममा पर्ने गर्दछन्। भारतीय पक्षले हिउँदमा जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्ती वर्षभर डुबानमा परेका हुन्।विशेष गरी वडा नम्बर १० को कुतियाकबर, वडा नम्बर ३ को बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगरबस्ती भारतसँगै जोडिएका छन्। कुतियाकबर जोगबुढा नदी पारी छ। अहिले जोगबुढामा आउजाउ गर्न झोलुंगे पुल बनेको छ तर वर्षाको समयमा दुवैतर्फ जलमग्न

झोलुंगे पुल बनेपछि हट्यो ज्यान जोखिममा पारेर राप्ती तर्नुपर्ने बाध्यता

दाङ – खुरुरीया गाउँ नजिकै राप्ती नदी बगेको छ। यो नदीसँग रामनाथ चौधरीको सम्बन्ध जोडिएको छ। बाढी आउँदा होस् या नदीमा पानी घट्दा, सधैँ तरिरहनुपर्ने। पानी नहुँदा त खासै जोखिम थिएन। तर, बर्खामा रामनाथलाई नदी तर्न गाह्रो पर्थ्यो। ‘हाम्रो जग्गा जमिन पनि नदी पारी छ। वनजंगल गर्न जानुपर्ने पनि उतै हो,’ राप्ती गाउँपालिका वडा नं. […]

झोलुंगे पुल बगाएपछि समस्यामा थलारावासी

बझाङ । बझाङको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत मङ्सिर ३ गतेसम्म घर नजिकैको झोलुंगे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पुर्‍याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउँथे । उनी मात्र होइन, थलारा गाउँपालिका साविकको दंगाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुंगे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरू समस्यामा परेका हुन् । रेगम र देउरा बजार जोड्ने सो झोलुंगे पुल बगाएपछि थलारा गाउँपालिका–१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भइरहेको बताइएको छ ।     जिल्लाको केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए । त्यही काठे पुल पनि जोखिममा रहेको छ । उक्त पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ । अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ । जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन् । झोलुंगे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउन थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ । साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । रासस

माईखोलामा बन्यो ८२० मिटरको झोलुंगे पुल

खोला तर्दा ज्यान नै जोखिममा पार्नुपर्ने बाध्यतामा रहेको इलामको माई नगरपालिकाबासीको सास्ती हट्ने भएको छ । नगरपालिका–६ को बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुंगे पुल बनेपछि आउजाउमा बेहोर्नुपर्ने कठिनाइ हट्ने भएको हो ।

माईखोलामा बन्यो ८२० मिटरको झोलुंगे पुल

खोला तर्दा ज्यान नै जोखिममा पार्नुपर्ने बाध्यतामा रहेको इलामको माई नगरपालिकाबासीको सास्ती हट्ने भएको छ । नगरपालिका–६ को बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुंगे पुल बनेपछि आउजाउमा बेहोर्नुपर्ने कठिनाइ हट्ने भएको हो ।

सदरमुकाममा रहेको एकमात्र विद्यालय उच्चजोखिममा

मनाङको सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय उच्चजोखिममा परेको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालयका केही भवन बगाउनुका साथै आगनमै मस्र्याङ्दी नदी बग्न थालेपछि उच्चजोखिममा परेको हो ।गतअसार १ गते देखिको वर्षासँगै नदीमा आएको बाढीले मोटरेबल पुलमा थुनिएर नदीले धार परिवर्तन गरेपछि विद्यालय जोखिममा परेको हो । मंगलबारमात्रै नदीमा आएको बाढीले झोलुंगे पुल बगाएसँगै विद्यालय […]

मनाङमा बाढी : एउटा झोलुंगे पुल बगायो, अर्को जोखिममा

मनाङ – मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो । झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।...

मनाङको नार्पाभूमि जाने झोलुंगे पुल जोखिममा

हिमाली जिल्ला मनाङमा अझै पनि बाढीको प्रभाव थपिँदै गएको छ । असार १ गतेदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण जोखिम थपिँदै गएको हो ।वर्षासँगै आएको बाढीले सदरमुकाम चामेमा रहेका दुईवटा झोलुंगे पुल थप जोखिममा पारेको हो । चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल र कोतोबाट नार फु गाउँतर्फ जाने […]

ङिस्याङको झोलुंगे पुल बगायो, जोखिम बढ्दै

मनाङ । मर्स्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुंगे पुल बगाएको छ । झोलुंगे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत अवरुद्ध भएको छ ।      बाढीपहिरोले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ,’ लामिछानेले भने, ‘निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।’      माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि स्थानीयको सम्पर्क तथा आवतजावत टुटेको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले बताए । पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिए । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उनले बताए । रासस

कर्णाली नदीका झोलुंगे पुल जोखिममा

नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । अहिले पुलमाथि नै पानी आइपुग्ने र पुलको छेउमा नदीले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानीय प्रेम महतले बताए ।