मनाङमा बाढी : एउटा झोलुंगे पुल बगायो, अर्को जोखिममा

मनाङ – मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो । झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।...