काठमाडौँ : सुदूरपश्चिम प्रदेशअन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिममा पर्ने गर्दछन्। भारतीय पक्षले हिउँदमा जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्ती वर्षभर डुबानमा परेका हुन्।विशेष गरी वडा नम्बर १० को कुतियाकबर, वडा नम्बर ३ को बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगरबस्ती भारतसँगै जोडिएका छन्। कुतियाकबर जोगबुढा नदी पारी छ। अहिले जोगबुढामा आउजाउ गर्न झोलुंगे पुल बनेको छ तर वर्षाको समयमा दुवैतर्फ जलमग्न