झोलुंगे पुल बनेपछि हट्यो ज्यान जोखिममा पारेर राप्ती तर्नुपर्ने बाध्यता

दाङ – खुरुरीया गाउँ नजिकै राप्ती नदी बगेको छ। यो नदीसँग रामनाथ चौधरीको सम्बन्ध जोडिएको छ। बाढी आउँदा होस् या नदीमा पानी घट्दा, सधैँ तरिरहनुपर्ने। पानी नहुँदा त खासै जोखिम थिएन। तर, बर्खामा रामनाथलाई नदी तर्न गाह्रो पर्थ्यो। ‘हाम्रो जग्गा जमिन पनि नदी पारी छ। वनजंगल गर्न जानुपर्ने पनि उतै हो,’ राप्ती गाउँपालिका वडा नं. […]