नेकपा एमालेको १० औं महाधिवेशनको चुनावी प्रक्रियामा १८२ जना उम्मेदवार सहभागी भएका छन् । एमालेको निर्वाचन आयोगका अनुसार अध्यक्षमा दुई, उपाध्यक्ष ७, सचिवमा ९, प्रदेश १ खुल्ला सदस्यमा ७ जना, प्रदेश १ महिला सदस्यमा ४, सुदूरपश्चिम प्रदेश सदस्य महिला ५ जना उम्मेदवार रहेका छन् । दलित सदस्य खुल्ला ८ जना चाहिनेमा ९ जनाको उम्मेदवारी परेको छ । थारु सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ। यस्तै पिछडिएको क्षेत्रको सदस्यमा ४ जना, सदस्य खुल्ला (क्षेत्र) ८४ जना चाहिनेमा १०५ जनाको उम्मेदवारी परेको छ ।