प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।काँग्रेसबाट