नेपाल बार एशोसिएसनले न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
आइतवारबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए ।
बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेर करीब साढे ३ महिना यता आन्दोलन गर्दै आएको छ ।
यसबीचमा कोरोना संक्रमण बढेको कारण अदालतको सेवामा समेत संकुचन आएको र सरकारले पनि विभिन्न मापदण्ड जारी गरेको हुँदा आन्दोलनलाई भ...