संवैधानिक निकायका पदाधिकारी र न्यायपरिषदको सुनुवाइ एकै पटक गर्न आदेश

सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्यायपरिषद सदस्यको विवादित नियुक्तिसम्बन्धी अध्यादेशको विषयमा लिएर परेका सबै रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ । आदेशमा प्रक्रि