विराटनगर : प्रदेश पर्यटन बोर्ड खारेज गर्ने प्रदेश १ सरकारको निर्णयलाई यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश दिएसँगै बोर्डका पदाधिकारी फेरि काममा फर्किएका छन्।उच्च अदालत विराटनगरले खारेज गर्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएपछि पदाधिकारी काममा फर्किएका हुन्। पाँचदलीय गठबन्धनको सरकारले मंसिर ९ गते बोर्ड खारेज गरेको थियो।काममा फर्किएका बोर्डका अध्यक्ष फणीन्द्र अधिकारीले आइतबार पत्रकार सम्मेलन गरि अदालतको आदेशपछि काम सुरु गरिएको बताए।उनले कार्यालयमा नियमित उपस्थित हुने र कार्यक्रम