लमजुङको राइनास नगरपालिकामा साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरिएको छ । यसले होमस्टेलाई समेत जोडेको छ । नगरपालिकाले अघि सारेको गौरवको योजनाअन्तर्गत वडा ९ को भक्तिपार्क मोहोरियाकोटदेखि वडा १० को प्यारजुङ भन्ज्याङ जोड्ने साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो । यो ट्रेल तथा पदमार्ग ८ किलोमिटर लामो छ ।