तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकियो

काठमाडौं। तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकिएको छ। सगरमाथा आरोहीको पहिचानका लागि परिचयपत्र दिइने भएको छ। डेङ्गु संक्रमितको संख्या १२ हजार २१७ पुगेको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक पारित गरिएको छ। पकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना

भारतीय गोर्खामा करिब ३२ हजार नेपाली कार्यरत, उनीहरूको तलब र पेन्सनमा वार्षिक ६० अर्ब रुपैयाँ नेपालमा भित्रिन्छ भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै...

भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आउँदै छन् । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो । उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् । सेनापति पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका […]

अग्निपथ योजनाअनुसार भारतीय सेनामा गोर्खा भर्ती नेपालले किन रोक्यो?

काठमाडाैँ- नेपालले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा गोर्खा भर्ती तत्कालका लागि स्थगित गरेको छ। अग्निपथ योजनामा नेपालकाे चासो र चिन्ता तथा दुई देशबीचका सेनाबीच रहँदै आएको ऐतिहासिक सहकार्यमा हालको सामाजिक-आर्थिक प्रभावबारे प्रकाश पार्ने प्रयास गरेका छौँ। नेपालले गोर्खा भर्ती रोक्ने निर्णय किन लियो? नेपाल सरकारका अनुसार अग्निपथ योजनालाई सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको […]

अग्निपथअन्तर्गत नै भारतीय सेनामा गोर्खा भर्ती

भारतीय सेनामा नेपाली गोर्खा भर्ती सन् १९४७ मा नेपाल, बेलायत र भारत र त्रिपक्षीय सम्झौताअन्तर्गत हुँदै आएको छ। पछिल्लोसमय गोर्खा सैनिकको भर्ना पनि अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षका लागि मात्र हुने विषय सार्वजनिक भएपछि नेपालमा त्यसको व्यापक आलोचना हुँदै ...

भारतले भन्योः गोर्खा भर्ती अग्निपथ योजना अनुसार नै

काठमाडौँ – भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले परम्परागत रुपमा नभई अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने जनाएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकलाई […]

भारतले भन्यो : गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ

९ भदौ, काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती अग्निपथ योजनाअनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत यहीअनुसार हुने बताएको हो । बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । […]

भारतीय सेनामा गोर्खा भर्ती स्थगित, राष्ट्रिय सहमतिको खोजी

काठमाडौँ – भारत सरकारले आफ्नो सेनामा भर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’अन्तर्गत गोर्खा भर्ती तत्कालका लागि स्थगित भएको छ। नेपाल सरकारले‘अग्निपथ’ योजनाबारे सर्वपक्षीय साझा धारणा बनाउन तथा त्यसको प्रभाव कस्तो पर्छ भनेर सरोकारवालासँग छलफल गर्न समय चाहिने भन्दै तत्कालका लागि सो योजनाअनुसार गोर्खा भर्तीको प्रक्रिया थाल्न सक्ने जानकारी गराएको हो। परराष्ट्रमन्त्री नारायणप्रसाद खड्काले बुधबार नेपालका […]

भारतीय सेनामा गोर्खा भर्ती अन्योलमा

विराटनगर – भारतीय सेना भर्तीमा ‘अग्निपथ’ योजना लागू भए लगत्तै नेपालबाट भारतीय सेनामा हुने नियमति भर्ती अन्योलमा परेको छ। धरानस्थित भारतीय सेनाको पेन्सन भुक्तानी कार्यालयका अनुसार असोज ३ गतेदेखि १२ गतेसम्म (सेप्टेम्बर १९ देखि २८)बीच नयाँ भर्तीको तालिका रहे पनि नेपाल सरकारले त्यसको अनुमोदन नगर्दा अन्योल उत्पन्न भएको हो। धरानलगायत बुटवल, नेपालगञ्ज र पोखरालगायतका अन्य […]