काठमाडौं : उपत्यकाका चोक-चोकमा घर जान मानिसको भीड लाग्न थालेको देखिन्छ। यसको एउटै कारण हो, सरकारले जारी गरेको निषेधाज्ञाको डर।संक्रमण दर छिटो-छिटो फैलिएपछि सहरमा बस्नेलाई समेत यसको डर हुन थालेको छ। राजधानीमै कोरोना संक्रमणको भयावह अवस्था आउन थालेपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। जसका कारण उपत्यकाबासीमा त्यसपछि हुने अभावबाट जोगिन दुई दिनको समय दिएर 'लकडाउन' गर्ने निर्णय गरेको हो। निषेधाज्ञा र संक्रमणको डरले उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। सरकारले गाउँ प्र