काठमाडौं : पछिल्लो दुई महिनामा प्राकृतिक विपदका घटनामा ६० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार २०७९ वैशाख १ देखि यही जेठ २७ गतेसम्म प्राकृतिक विपदमा ६० जनाको मृत्यु भएको हो भने १४८ जना घाइते भएका छन्।उक्त अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ। आगलागीमा १४, जनावर आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा ३ जना र सर्पदंशबाट २ जनाको मृत्यु भएको हो।बाढी पहिरो, वर्षा, चट्याङ, आगलागी हावाहुरी, जनावर आतंकबाट ४८ करोड ८३ लाख ९८