पेट्रोल लिटरकाे १ सय ५० मा बेच्दा पनि निगमलाई अझै १६ रुपैयाँ घाटा, कर्मचारीकाे पाेसाक भत्ता कटाैती

काठमाण्डाै – नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य हिजाे बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमले हिजो बेलुका भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो । नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा पेट्रोल अब प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ ।  पेट्रोलियम पदार्थको भाउ निरन्तर...