अस्ट्रेलियाली प्रत्येक पटक आफ्नो टिमले आईसीसीका प्रमुख प्रतियोगिता खेल्दा उपाधिको आशा राख्छन् । अस्ट्रेलियाली क्रिकेट टिम प्रायः आफ्नो समर्थकको अपेक्षामा खरो पनि उत्रिएको छ । एकदिवसीय विश्वकप सर्वाधिक पाँच पटक जित्ने राष्ट्र अस्ट्रेलिया नै हो । अहिले पनि आईसीसी एकदिवसीय विश्वकपको कुरा गर्दा अस्ट्रेलियाको छेउछाउमा पनि कोही छैन । क्रिकेटको सबभन्दा छोटो संरचना टी–ट्वान्टी विश्वकपमा भने अस्ट्रेलिया क्षमता र शैली हुँदाहुँदै पनि सधैँ निराश बन्दै आएको थियो । टेस्ट र एकदिवसीय संरचनामा आफ्नो दबदबा बनाएको अस्ट्रेलियालाई टी–ट्वान्टी विश्वकप ट्रफीले भने सधैँ लोभ्याइरहेको थियो । विश्वकप टी–ट्वान्टीको सातौँ संस्करण सुरु हँुदा पनि अस्ट्रेलिया च्याम्पियन बन्न सकिरहेको थिएन ।
यसपालि पनि अस्ट्रेलियाले विश्व टी–ट्वान्टी क्रिकेटको उपाधि जित्ने विश्वास कमैलाई थियो । विश्वकप उपाधिको प्रमुख दावेदारहरू यस पटक इङ्गल्यान्ड र भारत थिए । यसबाहेक वेस्ट इन्डिजलाई पनि खतरनाक टिमका रूपमा हेरिएको थियो । विश्व क्रिकेटमा ठूलो नाम भए पनि डेभिड वार्नर, मिचेल स्टार्क, प्याट