तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक ग¥यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका थिए ।सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ । विभागका अनुसार तपाईँ अविवाहित हो भने रु पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्